मकवानपुरमा आज १०२ जनामा कोरोना पुष्टि, ५९ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज थप १०२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १७५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, आज ११८ जनाको पीसीआर परीक्षण गर्दा ८७ जनामा र ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमण पुष्टि हुनेमा थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १० जना, बागमती गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ७ जना, भीमफेदी गाउँपालिकाका एक जना, बकैया गाउँपालिकाका ३, राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १३ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म १२ हजार ४ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमा होम आइसोलेशनमा बसेका ५१ जना र संस्थागत आइसोलशनमा बसेका ८ जना आज संक्रमणमुक्त भएका हुन् ।
आज संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४३ जना, थाहानगरपालिका र भीमफेदी गाउँपालिकाका ३/३ जना, मकवानपुरगढी र बकैया गाउँपालिकाका २र२ जना, मनहरी गाउँपालिकाका ५ जना र बागमती गाउँपालिकाका १ जना रहेका छन् ।
त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४६ जना पुगेको छ । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १४६ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
