लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्थावमाथि साउन २७ गते छलफल हुने

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १७:४६
file-photo

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि आगामी साउन २७ गते छलफल हुने भएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफलका गर्नका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको जानकारी गराएको हो ।

प्रदेशसभा सचिवालयले प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।

गत साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।