अपडेट–नेवारपानीमा प्रहरीद्वारा फायरिङ, यस्तो थियो कारण

तु खबर संवाददाता
२०७४ कार्तिक २५,शनिबार १५:२७

हेटौँडा, २५ कात्तिक । मकवानपुरको नेवारपानीमा प्रहरीले हवाई फायरिङ गरेको छ । प्रारम्भिक जानकारी अनुसार स्थानीयवासी र नेवारपानी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले हवाई फायरिङ गरेको हो । स्थानीयले दिएको जानकारी अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली फायर गरेको हो ।

स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको झगडाका क्रममा प्रहरीले छुटाउने क्रममा एक युवतीलाई संवेदनशिल अंगमा पर्ने गरी कुटपिट गरेको स्थानीयको आरोप छ । ती महिला स्थानीय वा यात्रु भएको भने प्रष्ट भएको छैन । घटना भएको भन्ने प्रहरीले पनि पुष्टि गरेको छ ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा स्थानीयले चौकीमा तोडफोड गरेका छन् । आक्रोशित भिडले चौकीमा तोडफोड गरेका हुन् । तोडफोडबाट फर्निचरका साथै सिसाहरु ध्वस्त भएको छ ।
झडपपछि केही समय चक्काजाम समेत भएको थियो । अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले घटनालाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*