मकवानपुरको बागमतीमा सामुायिक आँखा केन्द्र संचालन हुँदै
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधवार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पताल बीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा गाउँपालिकाले दुई जना स्वास्थ्यकर्मीको लागि पारिश्रमिक बापतको रकम वार्षिकरूपमा अनुदानस्वरूप उपलब्ध गराउनु पर्ने, केन्द्रको संचालन स्थान र आवश्यकीय भौतिक पुर्वाधारको व्यवस्था गर्नुपर्ने प्रचारप्रसार गर्नुपर्ने, सेवा संचालनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने, पालिकाभित्रका शैक्षिक संस्थामा अध्ययनरत बालवालिका, विपन्नवर्ग, अपांग, एकल महिला, अति विपन्न समुदायको लागि विशेष कार्यक्रम संचालन गर्नुपर्ने र अस्पतालको तर्फबाट आवश्यक सामाग्री तथा उपकरण, आवश्यकता अनुसारको प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय बजेट विनियोजन गर्ने लगायतका विषय उल्लेख छ ।
सम्झौता हस्ताक्षर गरेको मितिले आगामी ५ वर्षसम्म सम्झौता कायम रहने सम्भौतामा उल्लेख गरिएको पालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।
अध्यक्ष घलानले आँखा अत्यन्तै सम्वेदनशील अंग हो । यदि आँखामा समस्या भए व्यक्ति सक्षम तथा सबल भएपनि कुनै काम गर्न नसकिने साथै यस्तो महत्वपूर्ण अंगको उपचारको लागि पालिकामा हाल व्यवस्था नभएकोले आँखासम्बन्धी सानो समस्याको उपचारको लागि हेटौंडा धाउनुपर्ने बाध्यता रहेकोमा केन्द्र संचालनमा आएपछि पालिकास्तरमै सेवा सहज हुने बताए।
आँखा अस्पतालले स्थानीय निकायहरूको सहकार्यमा गरेको कार्य अत्यन्तै प्रभावकारी भएको र यस्ता केन्द्र हरु अन्य पालिकामा पनि संचालन गर्नुपर्नेमा अस्पतालका प्रमुख डा.सुनिल थकालीले जोड दिए ।
आखा केन्द्रमा आँखा जाँच, चश्मा जाच, सामान्य शल्यक्रिया, औषधीसहितको सेवा आगामी तीन महिनाभित्र दैनिक रूपमा सेवा प्रदान गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
