सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
काठमाडौं । सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय धरानले जनाएको छ ।
बुधबार बिहान धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा ठक्कर दिएको थियो । सोही समयमा विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ६४०५ नम्बरको मोटरसाइकललाई उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक साह मोटरसाइकलमा सवारी थिइन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी साहको घोपा धरानमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको हो ।
सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साहसमेत दुई जना घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
दुर्घटनामा संलग्न तीन वटै सवारी साधन र बस चालक धरान–१५ का ४२ वर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुन्धानका भइरहेको प्रहरीले जनाएको छ ।
