मकवानपुरमा आज ५१ जना भए कोरोनामुक्त

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १६:३०
filr-photo

मकवानपुर । मकवानपुरमा आज ५१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशत तथा संस्थागत आइसोलेशनमा रहेका ५१ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशनमा रहेका ४६ जना र संस्थागत आइसोलेशनमा रहेका ५ जना गरी ५१ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज २९ जना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना, राक्सिराङ गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ५ जना, भीमफेदी गाउँपालिकाका ६ जना र बकैया थायँपालिकाका ४ जना रहेका छन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ३ सय ९५ जना पुगेको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १४५ जनाको निधन भएको छ ।

त्यस्तै, मकवानपुरमा आज १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।