बुधबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १२:४५

काठमाडौं । बुधबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार छापावला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी हिज मंगलबार १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।