नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:२१
file-photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ ।

बैठक भोलि साउन २० गते ११ बजेलाई बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । त्यसक्रममा नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको भन्दै सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताएका थिए ।