आज प्रतिनिधि सभाको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार ०९:४१
file-photo

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।

यस्तै, दोस्रो कार्यसूचीमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने रहेको छ ।

हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।