मकवानपुरमा थप ८८ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज ८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १४५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज ८९ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा र ५६ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर ६० प्रतिशत रहेको छ । आज सबैभन्दा धेरै हेटौँडाका ६३ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, आज मकवानपुरमा १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको १७ जना आज संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका ५/५ जना, थाहानगरपालिका र भीमफेदी गाउँपालिकाका २/२ जना, मकवानपुरगढी, बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेका छन् । यससँगै जिल्लामा संक्रमणमुक्र हुनेको कूल संख्या १२ हजार १ सय ७३ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४३ जनाको मृत्यु भएको छ । संक्रमणका कारण आज भने कुनै पनि व्यक्तिको निधन नभएको जनाएको छ ।
