नवनियुक्त प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १०:०५
file-photo

बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गर्ने भएका छन् ।

गत मंगलबार बसेको कन्त्रिपरिषद बैठकले शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।

उक्त प्रदेशको प्रदेश प्रमुखमा यसअघि धर्मनाथ यादव रहेका थिए ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

यस्तै, केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।