अमेरिकामा ८.२ म्याग्निच्युडको भुकम्प

एजेन्सी
२०७८ श्रावण १४, बिहीबार १७:०७
file-photo

काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ ।

यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी) ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।