मकवानपुरमा मंगलबार थप ८२ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १९:१२
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ८२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आज १७९ जनाको पीसीआर परीक्षण गर्दा ६९ जनामा र ५३ जनाको एन्टीजेन परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ७१ जना आज संक्रमणमुक्र भएका हुन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ९ सय १७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) का कारण १४० जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाका कारण आज भने कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।