१ वर्षमा प्रदेश १ प्रहरीद्वारा ४० करोड रुपैयाँ राजस्व संकलन

पत्रपत्रिका
२०७८ श्रावण १२, मंगलवार ०८:४९
File Photo

सुनसरी प्रदेश १ प्रहरी कार्यालयले विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा ४० करोड रुपैयाँ राजस्व रकम संकलन गरेको छ ।

विराटनगरस्थित कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईकाअनुसार फैसला कार्यान्वयनतर्फको जरिवाना, भन्सार चोरी निकासा नियन्त्रण, नदी जन्यपदार्थको अवैध दोहनकारबाही, अवैध काठ चोरी निकासी नियन्त्रण र ट्राफिक राजश्वतर्फ गरी कुल ४० करोड ७८ लाख रुपैयाँ राजश्व संकलनभएको हो। प्रहरीले २०७६(७७मा २९ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो।

प्रहरीले राजश्वमा प्रहरी समक्ष २०७६/७७मा७हजार ९१ मुद्दा दर्ता भएकोमा यसपटक ७ हजार ३ सय ८४ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमा ३ हजार ७ सय २९ वटा मुद्दा फर्छ्यौट भएको र ३ हजार ६ सय ४५ वटा मुद्दा फर्छ्यौट हुनबाँकी नै रहेको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

यसैगरि, प्रदेशका विभिन्न स्थानमा फरार अवस्थामा रहेका ७ सय ४३ जना पक्राउ परेका छन् । जसबाट करिब ४ करोड ४३ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

लागूऔषध कारोबारलाई नियन्त्रण गर्नेतर्फ प्रहरीले यस वर्ष उल्लेख्य सफलता हासिल गरेको छ । २०७६/७७ मा ३११ किलो ४६३ ग्राम गाँजा बरामद गरेको प्रहरीले यसपटक १ हजार ७ सय ८९ किलो १११ ग्राम गाँजा बरामद गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी, ०।६१ ग्राम चरेश गएको वर्ष बरामद गरेको प्रहरीले यसपटक भने १३ किलो ८६० ग्राम चरेश बरामद गरेको छ।

त्यसैगरी, सवारी नियम उल्लंघनतर्फ प्रहरीले यसवर्ष १५ करोड ९७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यसक्रममा ट्राफिक नियम उल्लंघन गरेका २ लाख ५४ हजार ३ सय ९४ वटा सवारी कारबाहीमा परेका छन्।

प्रदेशभर यसक्रममा ४ हजार ५ सय ४९ वटा सवारी दुर्घटना भएको छ । जुन विगतका वर्षभन्दा बढी रहेको छ । सवारी दुर्घटनाको सन्दर्भमा २०७६(७७मा १ हजार ३ सय २२ वटा सवारी साधन दुर्घटना भएको थिया ।

सवारी दुर्घटनाका क्रममा यसपटक ४ सय ४४ जनाको मृत्यु भएको छ ।