मकवानपुरमा आज ७२ जना भए कोरोनामुक्त, सबैभन्दा धेरै हेटौँडाका

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार १६:२४
filr-photo

मकवानपुर । मकवानपुरमा आज ७२ जना कोरोनाभँइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

जिल्लामा विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ७२ जना आज कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ५६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी संक्रमणमुक्त हुनेहरुमा मनहरी गाउँपालिकाका ९ जना, थाहानगरपालिकाका ५ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकाका १÷१ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ८ सय ४६ जना पुगेका छन ।

यस्तै, आज जिल्लामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, आज जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिकाका रहेका छन् ।