आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
उक्त बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने अर्को कार्यसुची रहेको छ ।
साथै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संभावित कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाए ।
