काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस
काठमाडौं । काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, काठमाडौंमा आज बिहान ७ बजे भूकम्पको धक्का महसुस भएको हो ।
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
