नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

तु खबर संवाददाता
२०७८ श्रावण ७, बिहीबार १६:३२
file-photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् ।

नेपालले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् ।

नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।

‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।