प्रतिनिधिसभा सदस्य सिंहले राजीनामा दिने
काठमाडौं । नेपाली काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राजीनामा दिने भएका छन् ।
नेता सिंहले आज नै पदबाट राजीनामा दिने भएका हुन् ।
पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले आफुले पदबाट राजीनामा दिन लागेको उनले बताए ।
उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको बताए ।
त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।
