मकवानपुरमा आज ६१ जना भए कोरोनामुक्त

तु खबर संवाददाता
२०७८ श्रावण ६, बुधबार १६:००
filr-photo

मकवानपुर । मकवानपुरमा आज ६१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा बस्दै आए ६१ जना कोरोनामुक्त भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशमा रहेका ४८ जना र संस्थागत आइसोलेशनमा रहेको १३ जना संक्रमणमुक्त भएका हनु् ।

संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिकाका ४२ जना, थाहानगरपालिकाका ८ जना, भीमफेदी गाउँपालिकाका ५ जना, मनहरी गाउँपालिकाका ४ जना, बागमती र राक्सिराङ गाउँपालिकाका १÷१ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार ५सय ३२ जना पुगेको छ ।

यस्तै, जिल्लामा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २ सय ९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १२ हजार २ सय ७७ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

स्वास्थय कार्यालय मकवानपुरका अनुसार, जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल ५ सय ६४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय १९ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।