यस्ता छन् नेकपा एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डा

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १७:४७
file-photo

काठमाडौं । नेकपा एमालेले जारी केन्द्रीय समितिको बैठकमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ ।

ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठकमा नौं एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ ।

जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण रहेका छन् ।

यसैगरी एजेन्डामा १० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् ।

हेर्नुहोस् एजेन्डा :