मकवानपुरमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार ०९:५१
file-photo

मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड ८७ लाख ७५ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ ।

विभागले गत आर्थिक वर्षको लागि ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत शालिकराम आचार्यले जानकारी दिए ।

कार्यालयले आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार रुपैयाँ अर्थात् ११४ प्रतिशत राजश्व संकलन गरेको छ ।

यस्तै बहाल करमा ३ करोड १९ लाख ६३ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा २ करोड ६१ लाख १८ हजार , ब्याज करमा ४ करोड ७ हजार रुपैयाँ लक्ष्य राखेकोमा ४ करोड ५५ लाख ८ हजार, मूल्य अभिवृद्धि करमा ९१ करोड ५४ लाख ७९ हजार लक्ष्य राखेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी अन्तःशुल्कमा ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार लक्ष्य राखेकोमा २ अर्ब ८६ करोड ९० लाख २१ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ ।

कार्यालयले गत वर्षको तुलनामा यस वर्ष १ सय १५ प्रतिशत राजश्व संकलन गरेको प्रमुख कर अधिकृत आचार्यले बताए । आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*