मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृतयु भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृतयु हुनेको कूल संख्या १ सय ३७ पुगेको छ ।
जसमा हेटौँडा उपमहानगरपालिकाका ९७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुढी गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका १० जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैयाँ गाउँपालिकाका ४ जना र राक्सिराङ गाउँपालिकाका द२ जना रहेका छन् ।
कोरोना संक्रमणबाट इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
