हेटौँडामा सुबिधासम्पन्न बस टर्मिनल निर्माण हुँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१०, टीसीएनमा सुबिधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको छ । बस टर्मिनल निर्माणले तीव्रता लिएको हो ।
उपमहानगरपालिकाको ३५ करोड लागतमा बस टर्मिनल निर्माण सुरु गरिएको मेयर हरिबहादुर महतले बताए । उपमहानगरपालिकाले ठूलो लगानीमा बस टर्मिनल तथा कम्प्लेक्स निर्माण भइरहेको हो।
उपमहानगरपालिकाको गौरवका आयोजनाका रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ । उपमहानगरपालिकाले उक्त भवन निर्माणपछि आन्तरिक स्रोत पनि बृद्धि हुने र सुबिधासम्पन्न बसपार्क पनि निर्माण हुनेछ ।
बस टर्मिनल १८ महिनामा निर्माणको काम सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको मेयर महतले बताए । बस टर्मिनल निर्माणका लागि रसुवा–आशीष जेभी निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ ।
तीन तले कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो। बहुवर्षीय याजनाअनुसार बसपार्क निर्माणको काम सुरु भएको हो । सम्झौताअगावै काम सक्ने निर्माण कम्पनीले दाबी गरेको छ ।
