प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप जारी

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १६:०७
file photo

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ ।

आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*