दुर्घटनामा मगरको मृत्यु
चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक सोही ठाउँका बस्ने ३४ वर्षीय सन्दीप मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, ट्याक्टर पल्टिएर दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
