आज सुनचाँदीको भाउ बढ्यो, बढेको भाउ यस्तो छ
काठमाडौँ , २१ कात्तिक । मंगलबार सुनचाँदीको भाउ उकालो लागेको छ । सुनचाँदीको भाउ आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सुन तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको हो । महासंघका अनुसार भाउ बढेसँगै सुन आज तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो भने सुन तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको छ ।
