चीनले थप १६ लाख कोरोनाविरुद्धको खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी गराएकी हुन् ।
यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ ।
त्यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तरगत आज ८ लाख डोज खोप आइसकेको छ ।
