मकवानपुरमा शुक्रबार ६४ जना कोरोनामुक्त भए, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार १६:००
filr-photo

मकवानपुर । मकवानपुरमा शुक्रबार ६४ जना कारोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६४ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी संक्रमणमुक्त हुनेमा मनहरी गाउँपालिकाका १५ जना, राक्सिराङ गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, थाहानगरपालिका र बागमती गाउँपालिकाका ३÷३ जना,, भीमफेदी गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका १ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार २ सय १६ जना पुगेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*