मकवानपुरमा थपिए ५६ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
जिल्लामा ४८ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा र १८४ जनाको पीसीआर परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमध्ये २४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
