मकवानपुरमा आज ३८ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आज ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पु्ष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४७ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा आज ५२ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा र ९५ जनाको पीसीआर परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको हो ।
आज कोरोना परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
