भीमफेदीबाट बढी भाडा लिने सुमो प्रहरीको नियन्त्रणमा
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकिएको भन्दा बढी भाडा लिने सुमोलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ६ बाट ना १ ज २४६१ नम्बरको टाटा सुमोलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यात्रु बोकेर हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको उक्त सुमोले तोकिएको भन्दा बढी भाडा लिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, ती सुमोलाई तोकिए भन्दा बढी लिईएको भाडा फिर्ता गराई आवश्यक कारवाही गरिएको छ ।
