डिभिजन वन मकवानपुरद्वारा २ वटा वनलाई नगदसहित सम्मान
मकवानपुर । डिभिजन वन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट काम गर्ने २ वटा वन समूहलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
वन कार्यालयले सामुदायिक वन तर्फ हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र कबुलियती वन तर्फ बागमती गाउँपालिका वडा नम्वर ७ मा रहेको सुनगाभा बकुलियती वन समूहलाई नगदसहित सम्मान गरेको हो ।
डिभिजन वन कार्यालयले सोमबार रानी सामुदायिक वन उपभोक्ता समूहलाई ५० हजार नगद पुरस्कारसहित प्रमाण पत्र र सुनगाभा कबुलियती वन समूहलाई ३० हजार नगदसहित प्रमाण पत्रले सम्मान गरेको जनाएको छ ।
सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाँई, कबुलियती वन उपभोक्ता महासंघ, मकवानपुरकी अध्यक्ष सुन्तली माया प्रजा, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, अच्युत प्रसाद उपाध्याय, महम्मद अतिउल्लाह, नवराज थापा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, कार्यालय सचिव भीमसेन पौडेल, सुनगाभा कबुलियती वन समूहकी अध्यक्ष रिम कुमारी तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
