सामुदायिक वनमा वृक्षारोपण
मकवानपुर । चुरियामाई वनदेवी सामुदायिक वन उपभोक्ता समूहले अतिक्रमित जग्गामा वृक्षारोपण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त उपभाक्ता समूहले अतिक्रमित जग्गामा वृक्षारोपण गरेको हो ।
कार्यक्रम समूहका अध्यक्ष रामहरि लोको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
अतिक्रमण जग्गामा लिचि, आँप, एभोकाडो, सल्ला, कपुर, मसला, बडहर, टाँकी, राजवृक्ष लगायतका ९ सय विरुवा वृक्षारोपण गरिएको समूहले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा समूहका पदाधिकारी, उपभोक्ता,समाजसेवी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
