साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १३:४३

मकवानपुर । साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।

त्यसैगरी सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।

जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*