आगामी अगष्टमा युएईमा हुने एशयन जुनियर एण्ड युथ बक्सिङ
मकवानपुर । च्याम्पियनसीपमा सहभागि हुन जाने खेलाडीहरुको काठमाण्डौमा छनोट प्रतियोगिता सकिएको छ ।
छनौटमा मकवानपुरबाट ३ जना खेलाडी सहभागि भएकामा दुई जना प्रथम हुन सफल भएका प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार जुनियर तर्फ ४८ केजी तर्फ रोशनी घलान र युथ तर्फ ६४ केजी तौल समुहमा सोहन राई प्रथम भएका छन् ।
युएईमा जम्मा चार जना खेलाडी सहभागी गराउने बक्सिङ संघले जनाएको छ ।
धेरै जना मध्ये मकवानपुरका दुई जना प्रथम भए पनि उनीहरु छनौटमा पर्ने वा नपर्ने भन्ने टुंगो छनौट समितिले लगाउने प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिए ।
