आज सुनको भाउ घट्यो
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको छ ।
भाउ घटेसँगै नेपाली बजारमा आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यसअघि आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।
