एमाले कार्यदलको बैठकले सहमतिको मस्यौदा तयार गर्ने दावी
मकवानपुर । नेकपा एमालेभित्रको विवाद समाधान गर्नको लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान ९ः१५ बजे बैठक सुरु भएको हो ।
विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमै व्यस्त भएपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
आजको बैठकले सहमतिको मस्यौदा तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।
