एमाले कार्यदलको बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार फेरी बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ ।
बैठकमा विशेषगरी तीनवटा विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि विषय रहेका छन् ।
माधवकुमार नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ । यसबीचमा अध्यक्ष ओलीले महाधिवेशनको मिति तोक्ने, महाधिवेशन तालिकासमेत सार्वजनिक गरिसकेका छन्, त्यसैले यो विषयमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएको कार्यदलका एक नेताले बताए ।
