हेटौँडा अस्पताललाई तीन वडा डायलाइसिस मेसिन हस्तान्तरण

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १०:०१

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंँडा अस्पताललाई तीन वटा डायलाइसिस मेसिन मेसिन हस्तान्तरण गरिएको छ ।

उक्त डायलाइसिस मेसिन हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लब अफ मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा तीन वटा मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मेयर महतले मकवानपुरका मृगौलाका बिरामीलाई डायलाइसिस गराउन अन्य जिल्ला जानुपर्ने बाध्यता अब हटेको बताए । हेटौंडा अस्पतालमा थप तीन मेसिन ल्याउन उपमहानगरपालिकाले १६ लाख ५० हजार रुपियाँ सहयोग गरेको उनले बताए । अन्य रकम भने रोटरीले बेहोरेको हो ।

हेटौंडा अस्पतालमा उपमहानगरपालिकाको पूर्ण सहयोगमा डायलाइसिस गर्ने काम भइरहेको छ । प्राविधिक सहयोग अस्पतालले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*