महामारीविरुद्ध एकजुट बनौं : केन्द्रीय सदस्य उपाध्याय

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १७:२१
तस्वीरः केन्द्रीय सदस्य डिनाले अक्सिजन कन्सन्ट्रेटर नगरपालिकालाई हस्तान्तरण गर्दै

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले महामारीको बिरुद्धमा एकजुट भएर लाग्न अनुरोध गरेकी छिन् ।

आज बिहीवार थाहा नगरपालिकालाई नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट १ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्ने क्रममा उपाध्यायले कोरोना भाईरसको कारण अक्सिजनको अभावमा कसैलाइपनि समस्या नपरोस भनेर अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको बताइन् ।

कोरोना भाईरसको उपचारमा अक्सिजन अत्यावश्यक भएको र नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट थाहा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकोमा थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले धन्यवाद दिए ।

नगरप्रमुख बिष्टले अक्सिजनको अभावमा थाहानगरमा कोहि पनि मर्न नपर्ने बताए । उनले बिभिन्न संघसंस्थाको सहयोग र नगरपालिकाको लगानीमा पर्याप्त अक्सिजनको व्यवस्थापन मिलाइएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, बागमती प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, कांग्रेस मकवानपुर सदस्य प्रमोद गोपाली, रत्नबहादुर गोले, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*