विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् ।
उनले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुनुपर्ने बताएका छन् ।
विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेमध्ये एक तिहाइभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल र भारतमा भएको छ ।
अमेरिकामा ६ लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
ब्राजिलमा यो संख्या पाँच लाखभन्दा धेरै छ भने भारतमा चार लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर १८ करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।
