ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १५:४३

चितवन । चितवनको नारायणगढमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ना ५९ प ३५०४ नम्बरको स्कुटर पछाडि सवार भरतपुर–१५ बस्ने ३० वर्षीया बिणु दवाडी रहेको प्रहरीले जनाएको छ ।

गैंडाकोटबाट चौबिसकोठीतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकले भरतपुर महानगरपालिका–३ पुल्चोकमा सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते स्कुटर चालक २२ वर्षीया जस्मिन न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*