एमाले कार्यदल बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार ०९:३२

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे बस्ने भएको हो ।

आज बिहान ८ बजेको लागि तय भएको बैठक सरेर बिहान १० बजे बस्ने भएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।

नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*