हेटौँडाको पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स कालो सूचीमा
मकवानपुर । हेटौँडाको पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स कालो सूचीमा परेको छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । जसमा हेटौँडाको पूजा ट्रेठिङ सप्लायर्स पनि एक हो ।
पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडालाई २ वर्षसम्मलाई कालो सूचीमा राखिएको कार्यालय जनाएको छ ।
त्यस्तै, कार्यालयले शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई पनि दुई वर्षसम्म कालोसूचीमा राखिएको छ ।
उक्त कार्यालयले अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको जनाएको छ ।
कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
यस्तो छ कालोसूचीमा पर्नेको विवरण

