मकवानपुरमा आज १२८ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज १२८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भइ होम आइसोलेशन तथा संस्थागत आइशोलेसनमा बसेको १२८ जना आज संक्रमणमुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३१ जना संक्रमणमुक्र भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिकाका २७ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका ३९ जना, कैलाश र बकैया गाउँपालिकाका ३/३ जना, मनहरी गाउँपालिकाका २२ जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १० हजार ५ सय ५ पुगेको छ ।
त्यस्तै, मकवानपुरमा मंगलबार ९८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२० जनाको एन्टीजेन विधिबाट ४९ जना र पीसीआर विधिबाट १४१ जनाको परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार मकवानपुरमा दुबै बिधिबाट गरेको २६१ जनाको कोरोना परीक्षणमा ३७ प्रतिशतमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
