विनियोजित बजेटका अधिकांश योजना सम्पन्न
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका अधिकांश योजना सम्पन्न हुने चरणमा पुगेका छन् । चालु आर्थिक वर्षको असार अन्त्यमा उपमहानगरपालिकाको नगरस्तरीय योजनाहरु सकिने चरणमा पुगेका हुन् ।
पूर्वाधारअन्तर्गत् यातायात पूर्वाधारतर्फ नगरस्तरीय कुल योजना ४ सय ६० वटा सञ्चालन गरिएकोमा सबैजसो योजना सकिने चरणमा पुगेको उपमहानगर मेयर हरिबहादुर महतले बताए ।
केहीमात्र सकिने चरणमा रहेका छन् । सडकअन्तर्गत् दुई सय पाँच किलोमिटर सडकमा क्रकिट ढलान गरिएको मेयर महतले बताए ।
साढे एक किलोमिटर सडकमा कालोपत्र गरिएको उनले बताए । उपमहानगरपालिकाको सबभन्दा धेर रकम सडक पूर्वाधारमा खर्च भएको छ । चालु वर्षमा भवनतर्फ कुल ४० योजना सञ्चालन गरिए कोमा सबैजसो योजना सम्पन्न हुने चरणमा पुगेको उनले बताए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सम्पदा पूर्वाधारअन्तर्गत् ६ वटा योजना सञ्चालन गरेकोमा सबै योजना अन्तिम चरणमा पुगेका छन् ।
संघीय बजेट अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फ कल योजना १३ वटा सञ्चालन गरिएका थिए । यसमध्ये धेरै योजना सकेर भुक्तानीको चरणमा पुगेका छन् ।
प्रदेश बजेट अन्तर्गत २१ योजना सञ्चालन गरिएकोमा सबैजसो योजना सकिएर भुक्तानीको चरणमा गएको उपमहानगरपालिकाले जनाएको छ। पर्यटन विकासअन्तर्गत् १ योजना सञ्चालन गरिएकोमा उत्त योजना निर्माण कार्य सम्पन्न भएको छ । जसअन्तर्गत् कुष्माण्ड मन्दिरको भवन निर्माण जारी छ।
