ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

तु खबर संवाददाता
२०७८ असार १७, बिहीबार १५:५७

पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको मे १ त ६५७७ नंको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो ।

ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएको प्रहरीले जनाएको छ ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*