मंगलबार सुनचाँदीको भाउ घट्यो

तु खबर संवाददाता
२०७८ असार १५, मंगलवार १४:१९
file-photo

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितेला एक सय रुपैयाँले घटेको छ ।

भाउ घटेसँगै मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*