समाजवादी पार्टी मकवानपुरका मोक्तानलाई पितृशोक
मकवानपुर । जनता समाजवादी पार्टी मकवानपुरका नेता जीवनमान मोक्तानलाई पितृशोक परेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ निवासी जीवनमान मोक्तानका बाबु ९७ वर्षीय कर्णबहादुर मोक्तानको बिहिबार बेलुकी निधन भएको छ ।
केहि दिनदेखि सामान्य बिरामी भएका कर्णबहादुरको बिहिबार निधन भएको हो ।
मृतक कर्णबहादुरको बिहिबार नै बौद्ध धर्म संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारको क्रममा जनता समाजवादी पार्टी मकवानपुरको आयोजनामा श्रदान्जली कार्यक्रम राखेको थियो । शवमा जनता समाजवादी पार्टी मकवानपुरका नेताहरुले पार्टीको झन्डा ओढाई सम्मान समेत गरेका थिए ।
